Duration 49:6

४२ औं पुष्पलाल स्मृति दिवसमा हर्ष स्याङ्बोस“गको अन्तरंग संवाद | | Part 2

171 watched
0
1
Published 29 Jul 2020

भारतको गोरखपुरबाट हाईस्कूलको पढाई सकेर पटना यूनिभर्सिटीबाट ग्य्राज्यूशन गर्नुभएको स्याङ्बोले पुष्पलाललाई पनि पहिलो पटक भारतमै भेट्नुभएको थियो । सिन्धुपाल्चोकका मध्यम परिवारमा दावाछिरिङ स्याङ्बो र कुसाङ डोल्मा स्याङ्बोका जेठो छोराको रुपमा वि.सं.१९८३ साल मंसिर १७ गते उहाँको जन्म भारतमै भयोे । सिन्धुपाल्चोकबाट गोरखपुर पुगेका स्याङ्बोको आमा, बुवाले चियाबगानमा काम गर्नुहुन्थ्यो, भारतमा त्यतिबेला ब्रिटिशहरुले गरिरहेको शाषण र मजदुरहरुमाथी भईरहेको शोषण देखेर म विचलित हुन्थे, स्याङ्बो सम्झनुहुन्छ । त्यतिबेला कम्युनिष्टहरुले गोरखपुरमा पनि संगठन गर्थे, स्याङ्बो त्यतिबेला देखि नै कम्युनिष्ट पार्टी प्रति प्रभावित हुदै गएका थिए । वि.सं.२००५ सालमा क्याम्पसबाट विद्यार्थी साथीहरुसँग ताजमहल हेर्ने जाने बेलामा, पुष्पलाल र स्याङ्बोको पहिलो भेट भयो । नेपाली जस्तो लागेर पुष्पलालले आफैं स्याङ्बोलाई बोलाउनुभएको थियो – भन्नुभएको थियो रे, म पुष्पलाल श्रेष्ठ, काठमाडौंबाट आएको, मेरो दाई गंगालाल श्रेष्ठलाई फाँसी दिईयो, तपाईहरुको मलाई सहयोग चाहियो । यसैपनि कम्युुनिष्टप्रति प्रभावित बनिरहेका स्याङ्बोलाई पुष्पलालको कुराहरुले राणाहरुविरुद्ध थप विद्रोही भावको जागृत गरायो ।

Category

Show more

Comments - 0