Duration 10:1

पुष्पकमल दहाल, खड्गप्रसाद ओली र जनताको अबस्था Subscribe The real situation of the country. kp li

Published 27 Sep 2020

पुष्पकमल दहाल, खड्गप्रसाद ओली र जनताको अबस्था The Real situation of the country. video credits:- 1. /watch/s02=t&IQbs57cagA1a= 2. /results?search_query=yoho+tv 3./channel/UCL1Zr3XniRSwZOcqnpAKtfg 4. / 5. Social Medias. कोरोना महामारी नआएको भए सञ्‍जीव राई सायद होटेलको भान्सामै परिकार पकाइरहेका हुन्थे । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छाअनुसारका मेनु तयार गरिरहेका हुन्थे । तर, कोरोना महामारीले उनको जीवनमा नहुनुपर्ने भइदियो । सञ्‍जीव अहिले खुलामञ्‍चमा छन् । कोभिड-१९ महामारीअघि सयौँ मानिसलाई खाना पकाएर खुवाउने उनी अहिले आफैँ मागेर पेट भर्दै छन् । बसपार्कसमेत बनाइएको खुलामञ्‍चमा अपराह्न ३ बजे गाडी चढ्ने र ओर्लिनेहरूको भिडसँगै खाना खान आउनेहरूको पनि ठूलै भिड छ । त्यो भिडबाट कसैले अचानक सम्बोधन गर्‍यो, ‘सर मलाई चिन्‍नुभयो ?’ स्टकोट र ढाकाटोपी पहिरिएको, मुखमा मास्क, नाडीमा घडी र पिठ्युँमा झोला भिरेको मान्छेले दुई हात जोडेर नमस्कार गरे । नमस्कार गर्दै आफूलाई चिनाउन आउने व्यक्ति उनै सञ्‍जीव थिए । काभ्रे पाँचखालका सञ्‍जीवलाई हामीले १८ भदौमा पहिलोपटक खुलामञ्‍चमै खानाको लाइनमा बसेको समयमा भेटेका थियौँ । ‘अब एक-दुई दिनमा लकडाउन खुलेपछि सबै ठीक हुन्छ,’ उनले त्यो दिन आशा व्यक्त गरेका थिए । तर, एक-दुई दिनमा सडकमा होइन, आफ्नै कोठामा खाना खान पाउने आस गरेका सञ्‍जीव आजका दिनमा पनि खुलामञ्‍चमै भेटिए । दोस्रोपटक हामीलाई भेट्नेबित्तिकै उनले दुई हात जोड्दै आग्रह गर्न थाले, ‘सर काम खोज्दिनुपर्‍यो ।’ चैतमा लकडाउन सुरु हुनुअघि उनी बौद्धको थकाली रेस्टुराँमा कुक थिए । लकडाउनसँगै उनको काम खोसियो । बेरोजगार बनेका सञ्‍जीवले चैतमा पाएको अलिकति तलबले कोठाभाडा तिरे । आम्दानी रोकिएपछि कोठाभाडा तिर्न सकेनन् । लकडाउनकै बेला उनी घर गए । १ असारमा लकडाउन खुलेपछि काम पाइने आसले फेरि काठमाडौं फर्किए । तर, काम नपाएपछि सञ्‍जीव पेट पाल्न उल्टै सडकमा आउनुपर्‍यो । १८ भदौमा नयाँ पत्रिकासँग उनले भनेका थिए, ‘कोठामा ग्यास सकिएको छ । यतै खुलामञ्‍चमा खाना खान्छु अनि कोठामा गएर सुत्छु । तीन महिनाको कोठाभाडा तिरेको छैन, घरभेटीले भाडा तिर, नभए कोठा खाली गर भनेका छन् ।’ तर, शुक्रबार हामीले भेट्दा वसन्तपुरस्थित उनको त्यो कोठा खोसिइसकेछ । चार महिनादेखि भाडा तिर्न नसकेका सञ्‍जीवको सबै सामान जफत गरेर घरबेटीले उनलाई कोठाबाहिर निकालिदिएका छन् । मनमा यो पीडा छचल्किएपछि उनी भक्कानिन थाले ।

Category

Show more

Comments - 0